धादिङको बेनिघाटमा खानेपानीको मुहानमा विषादी भेटियो

  •  
  •  
  •  
  •  
  •  
  •  

धादिङ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३, कात्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ ।

कात्राकका स्थानीयले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलबार बेलुकी विषादी मिसिएको हल्ला चलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा प्रहरीको टोली घटनास्थलमा पुगेका थिए ।

४५ घरधुरीले प्रयोग गर्दै आइरहेको खानेपानीको मुहानमा विषादी हालिएको पुष्टि भएको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भुवन त्रिपाठीले जानकारी दिए । विषादी मिसिएको पानी परिक्षणको लागि प्रयोशालामा पठाइएको उनले जानकारी दिए ।

मुहानमा विषादी मिसाइएको भेटिएको धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । मुहानसम्बन्धी विवादका कारण स्थानीयले जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदन समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *