आठ हजार नक्कली नोटसहित रत्नपार्कबाट युवक पक्राउ
काठमाडौं । राजधानीको व्यस्त शहर रत्नपार्कबाट एक युवक नक्कली नोट सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–४ घर भएका रोहित भारती रहेका छन् ।
भारतीलार्इ रत्नपार्कको फुतपात व्यापारीसँग सामान किन्ने क्रममा शंका लागेर प्रहरीले पक्राउ गरेको थियो ।
उनीसँग एक एक हजारका आठ वटा नक्कली नोट भएको महानगरीय प्रहरीले जनाएको छ । भारतीसँग भएकाे नक्कली नाेटबारे प्रहरीले अनुसन्धान जारी राखेकाे प्रहरीले जनाएकाे छ ।