नैकापमा श्रीमतीलाई छुरा हानी हत्या गरेका श्रीमान गल्छीमा पक्राउ

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

१७ चैत , काठमाडौं। नैकापमा एक युवकले  श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेका छन्  । छुरा प्रहार गरि श्रीमतिको  हत्या गर्ने प्रकाश तामाङलाई गल्छीबाट पक्राउ गरिएको महानगरी प्रहरी अपराध महाशाखाले जनाएको छ ।

उनी घटना भएको  २४ घन्टा नवित्दै पक्राउ परेका हुन्  ।

प्रकाशले  श्रीमती २३ वर्षीया नमुना लामाको शुक्रबार दिउँसो हत्या गरेका थिए ।

प्रहरी स्रोतका अनुसार नमुना र प्रकाशबीच ६ वर्ष अघि विवाद भएको थियो । उनीहरुबीचको दाम्पत्य जीवन राम्रो थिएन ।

दुबैले एकअर्कालाई शंका गर्ने र झगडा गर्ने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *