पाँच वर्षीया बालिका बलात्कृत

  • 5
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

धनुषा, २६ चैत । धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो ।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । यसअघि गत चैत १४ गते शहीदनगर नगरपालिका–८ विषरभोराकी १४ वर्षीया बालिका बलात्कृत भएकी थिइन् ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *