तीन बालबालिका नदीमा बेपत्ता भए पछि गाउँ शोकमग्न

Share it with you friends

खोटाङ, २४ वैशाख । एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि खोटेहाङ गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ ।
स्थानीय धननारायण श्रेष्ठको १२ वर्षीय छोरा सुमन, जीवन माझीको १० वर्षीय छोरा समिन र धु्रव माझीको ११ वर्षीया छोरी अनिता माझी गत शनिबार दिउँसोदेखि सुनकोशी नदीमा डुबेर बेपत्ता भएपछि गाउँ शोकमग्न भएको हो ।
विद्यालय जाने बालबालिका शनिबार बिदाको दिन बाख्रा चराउन गएका र नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।
चार बालबालिका बाख्रा चराउन गएकामा तीनजना बेपत्ता बनेपछि अर्को बालकले घरमा खबर पु¥याएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभयो ।
सुनकोशी किनारमा पर्ने जंगलमा बाख्रा चराउन गएका तीन बालबालिका गर्मी भएपछि पौडी खेल्न नदीमा पसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *