उत्तर कोरियाले दक्षिण कोरियासँगको वाता रद्द गर्यो, अमेरिकासँगको वार्ता पनि संकटमा

Share it with you friends

एजेन्सी । उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्च स्तरिय वार्ता रद्द गरेको छ । दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासबाट रुष्ट भएर उत्तर कोरियाले उच्च स्तरिय वार्ता रद्द गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।बुधवार हुने भनिएको दुई देशको उच्च स्तरिय वार्ता रद्द भएको हो ।

समाचार एजेनसी केसीएनएले अमेरिका र दक्षिण कोरियाबीचको संयुंक्त अभ्यास एउटा उक्साउने खालको भएको बताएको छ । केसिएनएले आउँदो जुन १२ मा हुने तय भएको किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको वार्तामा पनि संका उत्पन्न भएको जनाएको छ ।

यस्तै अवस्था रहे वार्ताको वातारण बन्नुको साटो बिग्रने उत्तर कोरियाले चेतावनी दिएको छ । अमेरिका र दक्षिण कोरियाले १९५३ को द्धिपक्षीय सम्झौता अनुुसार संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् ।

तर उत्तर कोरियाले यो अभ्यासलाई लिएर आपत्ति जनाउँदै आएको छ । वार्ता रद्द भएसँगै अमेरिकासँगको शन्ति वार्ता पनि संकटमा परेको आंशका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *