अवरुद्ध रहेकाे त्रिभुवन विमानस्थल सञ्चालनमा
10 - 10Shares
काठमाडौं, २ वैशाख । विमानस्थलको रन वे मा उक्कीएको पीच बनाउनका लागि उडान र अवतरण बन्द गरिएको नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारु गरिएको छ ।
आज अपराह्न सवा तीन बजे रोकिएको उडान तथा अवतरण साँझबाट पुनः संचालनमा आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलको रन वेको सी र डीको बिचमा पिच उक्किएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित बनेको थियो ।