केन्द्रीय सदस्य छान्न प्रचण्डलाई सकस, ५ घण्टाको बसाईमा पनि टुंगिएन नाम

Share it with you friends

काठमाडौं, ६ जेठ ।  तत्कालीन माओवादी केन्द्रका नेताहरुलाई नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य छान्न सकस परेको छ ।

शनिबार  प्रचण्ड, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापाबीच भएको पाँच घन्टा लामो छलफलले पनि केन्द्रिय सदस्यको नामावली टुंगो लगाउन सकेन । यसबारे आज पनि छलफल गर्ने तयारी भएको स्रोतले बतायो  ।

नवगठित नेकपाको ४४१ केन्द्रीय समितीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता रहने सहमति भएको छ । २०० जना सदस्य रहेको  तत्कालिन नेकपा एमालेको केन्द्रीय समितीमा अहिले ४५ जना थप हुने भएका छन् ।  ४५ जनाको नाम तयार भएको  बताइएको छ ।

तर माओवादी केन्द्रमा भने केन्द्रीय सदस्यको संख्या ४ हजारभन्दा बढी  भएकाले  संगठन भद्रगोलको अवस्थामा रहेको एक नेताले बताए । केन्द्रीय सदस्य नै धेरै भएकाले अहिले कसलाई राख्ने कसलाई हटाउने  निर्णय लिन कठिन भएको नेताहरुले बताएका छन् ।

केन्द्रीय सदस्यको नामावली टंगो लागेपछि मात्रै स्थायी कमिटीमा रहने १८ जनाको सूचीलाई अन्तिम रुप दिइने  एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *