विश्वका दुई ठूला स्मार्टफोन कम्पनीको लडाईं : सामसुङलाई ५३ करोड ९० लाख रुपैयाँ जरिवाना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, १४ जेठ । विश्वका दुई ठूला मोबाइल कम्पनी हुन् : एप्पल र सामसुङ । यी दुई विश्वमा स्मार्टफोन बनाउने ठूला कम्पनी । तर दुईको ठ्याक भने कहिल्यै मिल्दैन । बेला बेलामा फिचर चोरेको आरोप एक अर्कोलाई लगाउँछन् उनीहरु ।


दुई कम्पनीले अमेरिकामा सात वर्षदेखि पेटेन्टका लागि कानुनी लडार्इंमा थिए । गएको विहीबार कानुनी लडाईंको अन्ति फैसला आयो । जसमा सामसुङले हारको सामाना गर्नुपर्यो । एप्पलले सामसुङलाई हराउँदै जरिवाना बापतको रकम समेत पाउने भएको छ । दक्षिण कोरियाको कम्पनी सामसुङलाई अमेरिकी अदालतले ५३ करोड ९० लाख रुपैयाँ अर्थात ५३९ डलर क्षतिपूर्तिको फैसला गरेको छ ।


अमेरिकाको क्यालिफोर्निामा रहेको अदालतले सामसुङले एप्पलको मुख्य फिचर चोरी गरेको दोषी ठहर गरेको हो । एप्पलको आइफोनको डिजाइन र फंक्शन चोरी गरेको अदालतको ठहर छ ।


सन् २०११ मा पेटेन्टको विषयलाई लिएर सामसुङ र एप्पलबीच कानुनी लडाई सुरु भएको थियो । सन् २०१२ मा सामसुङले तीन डिजाइन चोरी गरेको आरोप लागेको थियो । त्यतिबेला एप्पललाई भएको नोक्सानीका लागि झण्डै १.०५ अर्ब डलरको जरिवाना तिराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *