विश्वकै बुढा मानिसको चाहना : ‘धुम्रपानरहित बाँच्न चाहन्छु’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, १५ जेठ । फ्रेडाई ब्लोम । जसले धेरै वर्ष मजदुरको रुपमा जीवन बिताए । कहिले फार्म, कहिले कलकारखाना त कहिले विभिन्न उद्योगमा । उनी दक्षिण अफ्रिाका नागरिक हुन् । तर उनी विस्तारै विश्वभर चिनिदैछन् – विश्वकै बुढा मानिस भनेर ।

उनले धेरै वर्ष पहिला जाँड रक्सी अर्थात मदिरा छोडे । तर उनी धुम्रपानको लतमा भने अझै छन् । ‘हेरक दिन म दुईदेखि तीनवटा चक्की अर्थात पिल्स् खान्छु ।’ उनले भनेका छन् । उनी बस्ने ठाउँमा मुख्य गरी लोकल तमाखुलाई पत्रिकामा बेरेर चुरोटको जस्तो आकार दिइन्छ र चुरोट ताने जसरी तान्ने गरिन्छ ।


‘कहिले काहीँ सारै कडा हुन्छ ।’ उनले भने ‘बेला बेला म आफैँले आफैँलाई ढाट्छु, कि म अब धुम्रपान गर्दिन ।’

उनी गएको मे ८ तारिखदेखि ११४ वर्ष पुगे । यस अघि जमैकाकी भ्वाइलेन्ट मोस ब्राउन विश्वकै बुढा मानिसका रुपमा थिईंन । सन् २०१७ मा ११७ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको निधन पछि फ्रेडाई ब्लोम बुढा मानिसको सूचीमा छन् ।

उनी भन्छन् : ‘म आँफू धेरै स्वस्थ रहेको महसुस गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *