चीनले २ नाकामा पुल बनाइदिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ जेठ । चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुल बनाइदिने भएको छ ।

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाइदिने चिनियाँ प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो । कान्तिपुरमा खबर छ ।

प्रधानमन्त्री ओली असार पहिलो साता चीनको औपचारिक भ्रमणमा जाँदै छन् । भ्रमण तिथि भने तय भइसकेको छैन ।

तातोपानी र रसुवागढी दुवै स्थानमा पुराना पुल भत्काएर नयाँ निर्माण गरिदिने प्रस्ताव चिनियाँ पक्षले गरेको थियो ।

नयाँ पुलको लम्बाइ र प्रकारबारे प्राविधिक अध्ययन बाँकी छ । चीनले रसुवागढी–केरुङ नाकामा ठूलो पुल निर्माण गर्न लागेको छ । रेलमार्गलाई समेत ध्यान दिएर त्यहाँ मितेरी पुल निर्माण गरिने अधिकारीहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *