धादिङको गजुरीबाट २ सय ३५ किलो ग्राम लागु औषध सहित २ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीबाट २ सय ३५ किलो ग्राम लागु औषध चरेस सहित २ जना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सहितको टोलीले काठमाडौंबाट फर्कँदै गरेको एचआर ३८ एस ९३७१ नम्बरको भारतीय कन्टेनरमा क्याबिन माथिको भागमा फल्स बटन बनाई लुकाएको २ सय ३५ किलोग्राम चरेस बरामद गरिएको हो।

चरेससहित भारतका उत्तर प्रदेश निघौली सिहोदावाद रोड निवासी राजपाल सिंहको छोरा सत्यन्द्र सिंह वेघल र कन्टेनरमा सवार पर्सा सोनवर्षा ५ का लाल महम्मद गद्दीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए। पक्राउ गरेको लागु औषध चरेस वर्षकै सबै भन्दा धेरै परिमाणको भएको पनी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *