सुनको भाउ अहिले सम्मकै महङ्गो, मंगलबार तोलाको ७१ हजार पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धादिङ– सुनको भाउ अहिले सम्मकै महङ्गो भएको छ । मंगलबार सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको छ । मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

गएको बिहीबारदेखि तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार बढेको हो । सुनको भाउ महँगो भएपनि कारोबार ठप्पजस्तै भएको व्यवसायीले बताएका छन् । पोहोर यो बेलामा दैनिक ५० किलोभन्दा धेरै माग हुने गरेको सुन अहिले दैनिक ५ किलो पनि माग हुन छाडेको उनीहरुको भनाइ छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटबढ भैरहेका कारण नेपालमा पनि भाउ बढिरहेको संयोजक शाक्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *