गेष्ट हाउसको तेस्रो तल्लाबाट व्यक्ति फालेको आरोपमा तीनजना पक्राउ

Share it with you friends

१८ भदौ २०७६, बुधबार,

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित नारायणी गेष्ट हाउसमा काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका घर भएका १९ वर्षीय विवेक सोनाम सुनारलाई गेष्ट हाउसको तेस्रो तल्लाबाट फाली घाइते बनाएको अभियोगमा तीजजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१४ खड्का गाउँ बस्ने मकवानपुर दशहरा गाउँपालिका–४ घर भएका १८ वर्षीय विनय वाइबा लामा, काठमाडौं सानोर्भयाङ बस्ने गुल्मी मालिका गाउँपालिका–८ घर भएका १७ वर्षीय सविन अर्याल र काठमाडौं नैकाप बस्ने रामेछाप गुन्छी मदौरे घर भएका १८ वर्षीय निशान धमला रहेका छन्।

उक्त गेष्ट हाउसमा उनीहरु समेत ५ जना बसिरहेको अवस्थामा सोमबार राति खाना र्पुयाउन जाँदा खानाको विषयलाई लिएर विवाद हुँदा उनीहरुले विवेकलाई सोही रुमबाट तल फालेर तत्काल फरार भएका थिए। घाइते विवेकलाई तत्काल उपचारको लागि शहिद मेमोरियल अस्पताल हुँदै थप उपचारको लागि ग्राण्डी अस्पताल लगिएको छ।

घटना पश्चार फरार व्यक्तिहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कलंकीबाट स्युचाटारतर्फ भाग्दै गरेको अवस्थामा फेलापारी फरारमध्ये ३ जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न फरार अन्य २ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *