धादिङको गल्छिमा ३ ओटा सवारी एकआपसमा ठोक्किदा १० जना घाईते, १ को अवस्था गम्भिर

  • 182
  •  
  •  
  •  
  •  
  •  
    182
    Shares

१८ भदौ २०७६, बुधबार

धादिङको गल्छि–८ मा ३ ओटा सवारी एकआपसमा ठोक्किदा १० जना घाईते भएका छन् । गल्छीबाट नुवाकोट तर्फ जाँदै गरेको बा ४ ख ७७७७ नम्बरको टिपरमा बा १ ज ९८५० नम्बरको माईक्रोबसले ठक्कर दिएको र सोही क्रममा अर्को ग १ ज ३६१५ नम्बरको माईक्रोबस पनि ठोक्किएको हो ।

घाईते हुनेहरुमा गल्छिको धनकुमारी दर्लामी, नुवाकोटको थर नखुलेको गीता, नुवाकोटकै गोमा देवकोटा, गल्छिका सुविका दर्लामी, अरुणा बस्नेत, नुवाकोटका गणेश अधिकारी, मणिचन्द« आर्चाय , धादिङ निलकण्ठका जय श्री थापा मगर , र जगत ब. थारु रहेका छन् । अर्का एक जना भने सामान्य उपचार पश्चात फर्किएका छन् । घाईते १० जना मध्ये ९ जनालाई काठमाडौं रिफर गरिएको र एक जनाकाे अवस्था गम्भिर  रहेकाे गल्छि प्रहरी चौकीका हवल्दार चरी ब. तामाङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *