प्रदेश ३ का मन्त्री दुलाल द्वारा हेटौँडा अस्पतालको निरीक्षण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१९ भदौ, २०७६ ।

प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको बिहिबार स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था र भोग्नुपरेको समस्याका वारेमा बिरामीसँग जानकारी लिनुभएको थियो ।

मन्त्री दुलालले हेटौँडा अस्पताल अहिले प्रविधियुक्त भएको र प्रविधिका कारणले बिरामीको ल्याब रिपोर्ट आफ्नै मोबाइलमा आउनेदेखि सरल र छरितो स्वास्थ्य उपचारसेवा प्रदान गरेको पाएको बताउनुभयो ।

मन्त्री दुलालले अस्पतालले सरसफाइमा अझै विशेष रुपमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अस्पतालको आकस्मिक कक्ष, ओपिडी सेवा, शल्यक्रिया कक्ष आदिको निरीक्षण गर्नुभएको अस्पतालका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप अस्पतालमा अत्यधिक बढेपछि सेवा प्रवाहमा समस्या भइरहेको गुनासो बिरामी तथा कुरुवाबाट आएपछि मन्त्री दुलालले अस्पतालको निरीक्षण गर्नुभएको हो । हेटौँडा अस्पतालमा हाल आकस्मिक कक्षमा प्रतिशैया दुई जनाका दरले बिरामीलाई राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *