मनसुन सामान्य बन्दै, पानी पर्ने क्रम अब बिस्तारै घट्ने मौसमबिदको भनाईं
१४ असोज २०७६ ।
देशैभर अबको मौसम सामान्य बन्दै गएको छ । मनसुन निस्क्रिय हुँदै गएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने मौसमविद् बरुण पौडेलले बताउनुभयो ।
तर मनसुन बाहिरिन भने अझै २, ४ दिन लाग्ने उहाँको भनाइ छ । अहिले बादल लागेर सामान्य पानी परेको ठाउँमा पनि बिस्तारै मौसम खुल्दै जाने उहाँले बताउनुभयो ।
मंगलबार दिउँसो तराइ बाहेक अन्य ठाउँमा सामान्य बद्ली भएर केही ठाउँमा छिटफुट रुपमा मात्रै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सक्रिय नहुने देखिएकाले ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना नरहेको मौसमविद् पौडेलले बताउनुभयो ।