सिरियामाथिको आक्रमणका कारण अमेरिकाद्वारा टर्कीमाथि नाकाबन्दी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२८ असोज २०७६, मंगलबार ।

टर्कीले सिरियाको उत्तरी भागमा आक्रमण गरेपछि अमेरिकाले टर्कीका केही मन्त्रालय र वरिष्ठ अधिकारीहरुलाई नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रिसेप तैयप इर्दोगानलाई फोन गरेर तत्काल युद्ध विरामको आग्रह गरेको अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जनाएका छन् । पेन्सले आफू सकेसम्म चाँडो सो क्षेत्रमा जाने समेत बताएका छन् ।

सिरियाको सेना र कुर्दबीच सहमति भएकोले अब टर्कीको सेनासँग उनीहरु मिलेर लड्ने सम्भावना रहेको बताइएको छ । अमेरिकाले आफूले टर्कीमाथि लगाएको नाकाबन्दीको असर व्यापक रुपमा पर्ने जनाएको छ । टर्कीको आक्रमणका कारण सिरियाको उत्तरी क्षेत्रबाट अहिले सम्म १ लाख ६० हजार मानिस विस्थापित भएको तथा ५० सर्बसाधारण मारिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *