श्री गणेश भिम्सेन शरस्वती को मन्दिरमा जात्रा सम्पन्न
थाक्रे केवलपुर ०२ मंसिर,२०७६ – धादिङको थाक्रे गाउँपालिका ९ पण्डितपौवामा रहेको श्री गणेश भिमसेन शरस्वती को मन्दिरमा जात्रा सम्पन्न भएको छ । विक्रम सँवत १८८० सालमा स्थापना भएको मन्दिरमा हरेक वर्षको मँसिर पुर्णिामा को कृष्णपक्षको तृतीया तिथीका दिन बेलुका र चर्तुदशीको दिन दिउँसोको समयमा रथ सहित को विशेष मेला लाग्ने गर्दछ । मन्दिरको गुठीयार अर्थात नेवार हरुको अगुवाईमा हुने जात्राको स्थानिय स्तरमा विशेष महत्व रहेको छ। उक्त जात्रामा गाउपालिका का अध्यक्ष रामकुमार आचार्य ले गणेश भिम्सेन र सरसवती लाई विशेष पुजा गर्नु भएको थियो।जात्रामा उपाध्यक्ष अम्बिका रुपाखेती वडा नम्बर ९ का वडा अध्यक्ष दिल बहादुर भुजेल र वडानम्बर १० का वडा अध्यक्ष गोकुल लामिछाने ले पनि रथ सिदुरे जात्रा खेल्नु भएको थियो
।दिउँसो को जात्रामा उपस्थित रहेको गुठियार हरुले यक आपसमा सिदुर दलेर नेवारी वाजा र पन्चे बाजा को साथै मादल बजाइ विभिन्न दोहोरी गित हरु गाएर रमाइलो गर्ने गर्दछन। तेस्को साथै बेलुका पुन: अगिल्लो दिनको जसरी देउताको मुकुट लाई रथमा राखी पुजारिको घारमा रहेको देवलमा भित्राइने छ ।उक्त जात्रा सकि सकेपछि भोलि पल्ट गुठियार हरुले गुठिको भोज खाएर जात्रा सम्पन्न गर्ने गर्दछन। यसैबिच तेउता राख्ने देवल २०७२ साल बैसाख १२ गते आएको भुकम्प ले देवल चर्काएपछी जिर्ण भएको देवल लाई गुठियार स्थानिय को श्रम दान र गाउपालिका, स्थानीय मिसन डँगोल सहयोग गर्नु को साथै विभिन्न ठाउबाट अनुदान ले उक्त देवल निर्माण गरिएको हो। भने मन्दिर मा छानो नभएको ले स्थानिय सुर्यमान डँगोल र लक्ष्मी श्रेष्ठले मन्दिरमा छानो लगाउन को लागि सहयोग गर्नुभएको थियो । जात्राको अवसरमा धादिङको विभिन्न स्थान सहित नुवाकोट, काठमाण्डौँ लगायतका स्थानबाट भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ ।