नेपाल भ्रमण वर्ष २०२०’ अभियान बुधबारदेखि सुरु प्रदेश ३ सरकारले  सीमा नाकामा पर्यटकलाई स्वागत गर्ने

Share it with you friends

राजाराम डंगोल धादिंग

१५ पुस २०७६ मंगलबार-     नेपाल भ्रमण   २०२०’ अभियान बुधबारदेखि सुरु हुँदैछ । नयाँ वर्षको पहिलो दिन जनवरी १  अर्थात पुस १६ गते बुधबार भ्रमण वर्षको औपचारिक उद्घाटन हुने भएको छ ।  प्रदेश ३ सरकारले भ्रमण वर्षको दिन चिनियाँ र भारतीय पर्यटकलाई सीमा नाकामा स्वागत गर्ने तयारी गरेको छ ।
रसुवा नाका, तातोपानी नाका, चितवन विमानस्थलमा आउने पर्यटकहरुलाई स्वागत कार्यक्रम गरिने प्रदेश ३ का मन्त्री अरुण नेपालले जानकारी दिनुभएको छ । प्रदेश सरकारले चितवनमा चलिरहेको हात्ती महोत्सवबाट नै भ्रमण वर्षको सुरुवात गर्ने योजना बनाएको छ ।

पर्यटन बर्ष २०२० लाई लक्ष्यित गरि प्रदेश ३ सरकारले आठ स्थानमा हिल स्टेसन बनाउने निर्णय गरेको छ भने प्रदेश भित्र रहेको पर्यटकिय सम्भावित क्षेत्रहरू लाई पनि पर्यटकीय गन्तव्य बनाउन लागि परेको छ । स्थानीय तहमा पनि  सम्भावना भएका क्षेत्रहरु खोजी संरक्षण गर्ने प्रदेश सरकारले जनाएको छ।  प्रदेश ३ सरकारले आव २०७६÷७७ मा धादिङको रुबी भ्याली, नुवाकोटको ककनी, रसुवाको सोम्दाङ, मकवानपुरको चित्लाङ, सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, रामेछापको शिवालय र सिन्धुलीको सिन्धुलीगढीलाई हिल स्टेसनका रूपमा विकास गर्न लागेको हो । हिल स्टेसन निर्माण गर्न प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आव २०७५र ७६ मा नै ५ करोड रुपैयाँ रकम विनियोजन गरे पनि काम सुरु हुन सकेको थिएन । तर, हिल स्टेसन मल्टिपर्पोज हुनेगरी निर्माण गर्न प्रदेश ३ को पर्यटन मन्त्रालयले डिजाइन तयार गरी काम गर्न सुरु भइसकेको  छ । प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष  २०२० देखि २०३० अन्तर्गत यसलाई ड्रिम प्रोजेक्टका रूपमा लिएको छ । प्रदेशले यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ २० करोड रुपैयाँ छुट्याएको छ । यसैगरी, तीन स्थानको ठेक्का सम्झौता भएको, दुई स्थानको ठेक्का प्रक्रिया रहेको, तीन स्थानको डीपीआर अन्तिम चरणमा पुगेको प्रदेश ३ को उद्योग वन तथा पर्यटन मन्त्रालयका पर्यटन आयोजना प्रमुख शिव सापकोटाले बताए ।

तेस्तै पर्यटनमन्त्री योगेश भट्टराईले ‘भ्रमण वर्ष २०२०’ को अभियान एक वर्षका लागि मात्रै नभएको बताउनु भएको छ । भ्रमण वर्ष घोषणासँगै सन् २०२०–२०३० लाई पर्यटक दशकका रूपमा मनाउने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो । ‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य हो । तर २०२० अन्तिम होइन, यो भ्रमण वर्षको शुरुआत हो’ उहाँले भन्नुभएको छ, ‘हामी एक दशकलाई पर्यटन दशकका रूपमा मनाउने अभियानमा छौँ । यस अवधिमा पर्यटकीय पूर्वाधारको कामलाई प्राथमिकता दिन्छौँ ।’ मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गर्नुभएको छ ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *