थाक्रे ८ धार्केमा ३९० घन्टे सिपमुलक तालिम सम्पन्न ।
112 - 112Shares
राजाराम डंगोल । गैर सरकारी सँस्था साल्भेसन मिसन नेपालको साल्भेसन मिसन सामुदायिक पुनस्थापना तथा रोजगार बिकास कार्यक्रम ३ सय ९० घण्टा सिपमुलक तालिम बुधबार समापन गरिएको छ । भुकप्प अति प्रभावित समुदायका मानिसहरुलाई सिपमूलक तालिम दिएर जीवनस्तर बृद्धि र दिगो बिकास गर्ने उदेश्यका साथ धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ सनसाईन ईन होटलमा बुधबार यक कार्यक्रम विच समापन गरिएको हो ।३९० घण्टा रहेको तालिम मा हाउस वाइरिङ्ग तर्फ़ १२ जना र प्लम्बर तर्फ़ १६ जना गरि जम्मा २८ जना सहभागीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।थाक्रे गाउपालिका को समन्वय मा संचालन भएको कार्यक्रममा थाक्रे गाउपालिका का प्रमुख रामकुमार आचार्य, उपाधक्षा अम्बिका रुपाखेती, वडा नम्बर ८ का वडा अधक्ष्य केसब प्रसाद प्याकुरेल, ७ का रामकुमार बस्नेत सस्थां का मानबहादुर बोगटी, बिपल घिसिङ्ग ,निसाना लो, हरिराम बोगटी लगाएत को उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा धादिङ थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य रहनुभएको थियो भने बिषेश अतिथीमा उपाध्यक्ष अम्बिका रुपाखेतिरहनुभएको थियो । समुदायमा रहेका अति भुकम्प पिडित, गरिव, दैनिक जिवनयापन गर्न नसक्ने ब्यक्तिहरुको लागी जिवन उपयोगी सिप प्रदान गर्ने उदेश्यले तालिम गरिएको यस सँस्थाले सिलाई, कुखुरा पालन, ड्राईभिङ लगायत बिभिन्न सिप प्रदान गर्ने यस साल्भेसन सँस्थाका कार्यकारी निर्देशक हरिराम सुनुवारले बताउनुभयो । २०७२ साल बैशाख १२ गते गएको भुकम्पबाट बिस्थापित भएका बिभिन्न जिल्लाका नागरिकहरुलाई सहायता स्वरुप राहात प्रदान गरेको थियो ।
धादिङको थाक्रे गाउँपालिकाका बिभिन्न वडा तथा अन्य स्थानमा पनि राहात प्रदान गरिएको साल्भेसन मिसन सँस्थाका कोषाध्यक्ष निसान ल्लो ले जानकारी दिनुभयो । यस साल्भेसन मिसन नेपालले धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६,७,८,९ र १० मा आफ्नो कार्य क्षेत्र बनाएर काम गर्दै आएको छ । कार्यक्रममा बिषेश अतिथीका रुपमा रहनु भएको थाक्रे गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतिले समुदायका नागरिकहरुलाई सिप प्रदान गर्ने उदेश्यले आएको सँस्थाले थाक्रेवासी हरुलाई तालिम दीइ अगाडि बढाउन सहयोग गरेकोर भोलि भोलिका दिनहरुमा पनि यस्तै राम्रो काम गर्न को लागि सस्थालाई आग्रह गर्नु भयो साथै सँस्थाले दिएको सिपले गरिव तथा अति भुकम्प पिडितहरुको जिवनस्तर माथी उकासिने बताउनुभयो । समापन कार्यक्रमका प्रमुख अतिथी एबम थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले खुल्ला सहयोगी भावनाले आउने सँस्थाहरुलाई स्वागत रहेको बताउँदै कुनै पनि धर्ममा केन्द्रित हुन नहुने बताउनुभयो साथै यस्ता ३९० घण्टा मात्र हैन अझ आवसेक परेको खण्डमा सस्थाले काम गर्नु पर्ने र यस्ता कामको अनुगमन पालिकाले गर्ने पनि बताउनु भयो । यस साल्भेसन मिसन नेपालले धादिङ लगायत अन्य भुकम्प प्रभाबित जिल्लाहरुमा पनि काम गर्दै आएको छ ।
भने धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६,७,८,९ र १० मा काम गर्दै आएको छ । साल्भेसन मिसन सँस्थाले साबिकको थाक्रे र केवलपुरका समुदायहरुको जिवनस्तर उकास्ने हेतुले काम गरिरहेको छ । यस सँस्थाका अन्य उदेश्यहरुमा जिविकोपार्जन प्रणाली सुदृढ गर्दै रोजगारीको राम्रो अबसरको सिर्जना गर्ने र स्वास्थ्य तथा सरसफाईको स्थितीमा सुधार गर्ने, प्रकोप जोखिम न्युनिकरण क्षमतामा सुधार तथा बृद्धि गर्ने लगायतका रहेका छन् । साल्भेसन मिसन सँस्थाले परियोजना कार्यान्वयनको दौरानमा अति कमजोर तथा बिपन्न घरपरिवारहरुलाई पहिचान गरि प्राथमिकताका साथ लक्षित समुदायको लागी चयन गरिने जनाएको छ । साल्भेसन मिसनले दिएको तालिमबाट जिविकोपार्जन र सिपमूलक तालिमबाट आम्दानी बृद्धि, पशुपालन तालिमबाट घरपरिवारमा आर्थिक बृद्धि साथै परम्परागत पेशाको अन्य हुने,सरसफाई एवम् तालिमबाट वातावरण जोगाउने प्रयासमा सफलता हुने लगायतका अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ ।