यसकारण बन्न सकिरहेको छैन हेरा फेरीको तेस्रो सिक्वेल

Share it with you friends

मुम्बई, ७ जेठ । हिनी फिल्ममा दर्शकहरुले एकदमै रुचाएको फिल्म हो ‘हेरा फेरी’ । यो फिल्मको तेस्रो सिक्वेल पनि दर्शकहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।

फिल्मको यो नयाँ सिक्वेल ल्याउने चर्चा धेरै लामो समयअघिदेखि चले पनि हालसम्म यो आउन सकेको छैन । हालै फिल्मका एक मुख्य अभिनेता सुनील सेट्टीले यसबारे मुख खोलेका छन् ।

फिल्मको नयाँ सिक्वेलको बारेमा कुरा गर्दै सुनील सेट्टीले भने, ‘अहिले त सबै कुरा रोक्किएको छ । फिल्मको टिमले ‘हेरा फेरी-तीन’ बनाउने इच्छा जाहेर गरेको छ तर केही समस्या छ जसलाई समाधान गर्ने काम अहिलेको उनीहरुको प्राथमिकता छ ।’

हेरा फेरी फिल्म कति लोकप्रिय र हिट थियो भन्ने कुरा आजभोलि सामाजिक सञ्जालमा यसका सिनहरु मिम्समा प्रयोग भइरहेको देखेर नै अनुमान लगाउन सकिन्छ ।

२०१७ मा जब नीरज वोराले यो फिल्मको तेस्रो सिक्वेल बनाउने घोषणा गरेका थिए तब तब उनले परेश रावल, अक्षय कुमार र सुनील शेट्टीको सट्टा जोन अब्राहम, अभिषेक बच्चन र नाना पाटेकरलाई ल्याउने बताएका थिए । तर नीरज वोराको छोटो समयमा नै निधन भयो ।

त्यसपछि पुनः इंदर कुमारले उक्त तेस्रो भागलाई निर्देशन गर्ने कुरा गरेका थिए । त्यस बेला उनले पुरानै कलाकारलाई फिल्ममा फिर्ता ल्याउने निर्णय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *