चेल्सीका स्टार खेलाडी क्यालम हडसन ओडोई बलात्कारको आशंकामा पक्राउ

Share it with you friends

काठमाडौँ, ६ जेठ । चेल्सीका स्टार खेलाडी क्यालम हडसन ओडोई बलात्कारको आशंकामा पक्राउ परेका छन् । उनलाई वेस्ट लण्डन अपार्टमेन्टबाट प्रहरीले पक्राउ गरेको हो । हडसन केही हप्ता अगाडि कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

कोरोना भाइरसबाट संक्रमित हुने उनी पहिलो प्रिमियर लिग खेलाडी समेत रहेका थिए ।

त्यस्तै उनले यसको जानकारी स्वयले नै दिएका थिए ।

उनले कोरोना पुष्टि भएसँगै आइसोलेशनमा रहेको जानकारी समेत दिएका थिए ।

मार्च १७ मा एउटा रिपोर्ट जारी भएको थियो जहाँ एक जना महिला बिरामी रहेकी र उनी बलात्कारको शिकार भएकी थिइन् ।

सोही क्रममा एक आशंका लागिएका व्यक्ति पक्राउ परेका थिए । उनलाई सोधपुछपछि छोडिएको थियो । सोधपुछ जारी रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *