इडिसन काभानीलाई अनुबन्ध गर्ने तयारीमा इन्टर मिलान !

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ७ जेठ । इन्टर मिलान पछिल्लो समय पिएसजीका फरवार्ड अनुबन्ध गर्ने तयारीमा रहेको छ । मिडिया रिपोर्टका अनुसार इन्टर मिलान पिएसजी फरवार्ड इडिसन काभानीलाई अनुबन्ध गर्ने तयारी गरेको हाे ।

पिएसजीमा लामो समयसम्म बसेका उनी पछिल्लो समय क्लब छोड्ने तयारीमा रहेका छन् । उनलाई अनुबन्ध गर्ने तयारीमा अन्य क्लबहरु पनि रहेका छन् ।

तर, उनी प्रिमियर लिग आउन चाहेको खबर पनि बाहिर आएको थियो ।

उनी म्यानचेस्टर युनाइटेडमा आउने हल्ला व्यापक चलेको थियो । तर, इन्टर मिलानले उनलाई अनुबन्ध गर्ने चासो देखाएसँगै थप प्रतिस्पर्धा थपिएको समिक्षकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *