थाक्रे गाउपालिका ९ नम्वर वडा कार्यालय भवनकाे शिलन्यास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

९ जेष्ठ ,२०७७  । धादिङ  जिल्ला  थाक्रे गाउपालिकाकाे  ९  नम्वर वडा कार्यलय भवनकाे शिलन्यास  गरिएकाे छ ।

४० लाखकाे लागतकाे लागतमा थाक्रे गाउँपालिका वडा नम्वर ९ मा निर्माण हुन लागेकाे भवनकाे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले  भवनको शिलन्यास गर्नु भएको हो । साविकमा रहेकाे केवलपुर गाविस को भवनमावाट नै  वडा नम्वर ९ र १० को कार्यालय  एवं कामकाज संचालन हुदै आएकाे थियाे ।

गाउँपालिकाकाे आन्तरीक श्राेतवाट निर्माण हुन लागेकाे भबनकाे ६ महिनाभित्रमा निर्माण गरसक्ने लक्ष्य गाउँपालिकाले लिएकाे छ ।

विश्वभरि महामारीकाे रूपमा फैलिरहेको  कोरोना भाइरस ( कोभिड १९ )को कारण काम गर्न असहज भएपनी सामाजिक एवं भाैतिक दुरी समेतकाे ख्याल गर्दै बिकास निर्माणाकाे काम सुरू गरिएकाे पालिकाका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिनुभयाे ।

भवन शिल्यान्यास कार्यक्रममा  पालिका उपाध्यक्ष अम्बिका रुपाखेती, वडा नम्बर ९ का  अध्यक्ष दिल बहादुर भुजेल,  गाउँपालिकाका सदस्य लगायतकाे उपस्थिति रहेकाे थियाे ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *