लकडाउन खुकुलाे : एक जिल्लावाट अर्काे जिल्लामा जान पाइन्छ ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जेठ २९,काठमाडौँ । लकडाउनकाे कारण बन्द रहेका केही क्षेत्रहरूमा सरकारले सहज व्यवस्था लागु गरेकाे छ । जसअनुसार  निजी सवारी साधन सञ्चालनमा भने केही सहज व्यवस्था लागु भएकाे छ । तर सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ ।

उपत्यकाभित्र जोर बिजोर लागु गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । स्रोतका अनुसार सरकारले निजी सवारी आवागमन सहज बनाए पनि एक जिल्लावाट अर्काे जिल्लामा प्रबेश गर्ने नियम भने यथावत नै राखेकाे छ ।

हाललाई लकडाउन कायमै रहेको र आंशिक रुपमा मात्रै यातायात सहज गरेकाले उपत्यका र  सम्विन्धित जिल्लाको लागी मात्रै जोरविजोर प्रणालीको व्यवस्था गरिएको छ ।

उपत्यकाका मुख्य नाकामा भने पहिलेजस्तै कडा चेकजाँच  हुनेछ ।  गाडीमा चालकबाहेक दुईजना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *