थाक्रे गाउँपालिकाद्वारा वैदेशिक रोजगारमा ज्यान गुमाएको परिवारलाई आर्थिक सहयाेग
राजाराम डंगोल थाक्रे
३ असार,२०७७ – धादिंगको थाक्रे गाउँपालिकाद्वारा वैदेशिक रोजगारमा गएर विभिन्न समयमा ज्यान गुमाएको परिवारलाई राहत ऊपलब्ध गराएको छ ।
पालिकाले सुरक्षित आप्रवासन राह्त कोषबाट थाक्रे गाँउपालिका वडा न २ का गोपाल तामाङ, वडा नम्बर ११ का हरि बहादुर कार्की र सोही वडा का श्याम तामाङ लाई जनही बीस हजार को दरले आर्थिक सहायता उपलब्ध गराएको हो।
थाक्रे गाँउपालिका अध्यक्ष रामकुमार आचार्य , उपाध्यक्ष अम्बिका रुपाखेती, प्रमुख प्रसासकिय अधिकृत शेषकान्त पौडेल लगाएतको उपस्थितिमा मृतकका परिवारहरुलाई सहयोग गरिएको हो।
आफ्नो देश छाडेर वैदेशिक रोजगारीमा जोखिम मोलेर पसिना बगाएर कमाएको पैसा स्वदेश आइसके पछी स्वदेशमा नै उत्पादनमुलक क्षेत्रमा लगानी गरि फाइदा लिन र सकभर विदेश नगई आफ्नै ठाउमा काम गरि आफ्नै गाउको स्वच्छ वातावरण को साथै आफ्नो परिवारसँग बसेर मेहनत का साथ् काम गरे विदेसमा गयर कमाउने पैसा आफ्नै ठाउमा कमाउन सकिने र यस्ता ब्याबसायिक रुपमा काम गर्ने ब्याक्ति हरुलाई पालिकाले बिभिन्न क्षेत्र को लागि अनुदान पनि दिइरहेको पालिका प्रमुख रामकुमार आचार्यले बताउनु भयो ।
Chat Conversation End