लकडाउन साउन ७ गतेसम्म थप गर्ने सरकारको निर्णय
18 - 18Shares
१६असार,२०७७। सरकारले अहिले कायम लकडाउनलाई साउन ७ गतेसम्म थप्ने निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै काठमाण्डौ उपत्यका भित्रन सिफारिस अनिवार्य चाहिने छ । अनिवार्य होम क्वरेन्टीइनमा बस्ने प्रतिवद्धतासहित पालिकाबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यकामा भित्रिन दिने पनि सरकारको निर्णय छ ।
असार १ गतेदेखि लकडाउन खुकुलो भएको थियो । त्यसैअनुसार अहिले स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा भने खुला भएको छ ।