चारैतिर चर्चा परिचर्चा ‘ ए है रेशम’ को नै

Share it with you friends

राजाराम डंगोल ,    १६ असार,२०७७।      वि. स. २०४४   साल माघ २९ गते शुक्रवार माता चिनिमाया भुजेल र पिता कुल वहादुर भुजेलका कान्छो सन्तानको रुपमा दोलखा जिल्ला, मेलुङ्ग गाउँपालिका – १ पवटी, साउनेपानीमा जन्मिएका दिनेश भुजेल ‘आँशु’ नेपाली साहित्य, कला, गीत संगीत अनि संचार जगतमा सबैले चिनेको अनुहार र चिर परिचित ब्यक्ती हुन ।
खण्डकाव्य ‘प्रीयान्जलीले शहनशीललाई जलाईन’ कबिता संग्रह ‘अंकुरण’ जस्ता कृती लेखेर नेपाली साहित्य क्षेत्रमा आफ्नो परिचय बनाएका भुजेलको नेपाली गीत, संगीत अनि पत्रकारिता जगतमा पनि उत्तिकै ठूलो योगदान रहेको छ । वहुप्रतिभाशाली ब्यक्तित्व भुजेलका लोक, आधुनिक, पप, दोहोरी, तीज गित, दशै तिहार गीत स्वादेशगान गरेर झण्डै तिन दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छन । धेरै गितहरु लोकप्रीय पनि छन । उनी गायन संगसंगै शब्द लेखन र संगीत भर्नमा पनि निकै पोक्त्त छन । भुजेलको शब्द, संगीतमा स्वरुपराज आचर्य, पूर्णिमा लामा, सुनिति कार्की, देबी घर्ती, पार्वती कार्की, सरिता कार्की, दया बस्याल लगायत धेरै गायक, गायिकाले स्वर दिईसकेका छन ।

पछिल्लो समय दिनेश भुजेलको शब्द, संगीत, पार्वती कार्की र दिनेश भुजेलको  स्वरमा बजारमा आएको ‘ए है रेशम’ बोलको लोक गीतले यतिबेला नेपाली गीत संगीतको बजार अनि माहोल निकै तातेको छ । संजिव ठकुरीको भिडियो निर्देशन, संजिव ठकुरी र अर्चना काउचा मगरको जोडदार अभिनय रहेको उक्त्त गीतको छायान्कन सागर गौतमले गरेका हुन भने भिडियो सम्पादन रोशन धितालले गरेका छन । विष्णु तामाङ्गको संगीत संजोजन रहेको सो गीत अहिले हरेक नेपाली मनहरुमा झुण्डिएको छ । मिठो संगीत, सरल शब्द सँगसँगै सबै पक्ष निकै बलियो भएका कारण गीत सफल भएको भुजेल बताउछन। भिमेस्वर डिजिटल अफिसियल युटुब च्यानलबाट बजारमा आएको सो गीतले अहिले निकै चर्चा र परिचर्चा बटुलीरहेको छ ।

उक्त भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला । https://youtu.be/K7C_GFc5iXI

Leave a Reply

Your email address will not be published. Required fields are marked *