बाढी र पहिरोका कारण धादिङमा पृथ्वी राजमार्गको पुल भत्कियो, यातायात ठप्प
अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्गकाे ठाउँठाउँमा सडक, यातायात र आवतजावत अवरुद्ध भएको छ ।
धादिङ र चितवनकाे सिमामा पर्ने मोवाखोलाको पुल बाढी र पहिरोले भत्काउदा यातायात र आवतजावत नै बन्द भएको छ । बाढी र पहिराेले पुलको धादिङतर्फको खण्ड भत्किएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार माैवाखोला नजिकैको ठाडो खोलाले टिपर पनि बगाएको छ । अहिले धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ ।
त्यसैगरी धादिङकाे फुर्केखाेलामा सडक माथीवाट पहिराे र भेल खस्दा बजार क्षेत्र समेत त्रसित बन्न पुगेकाे छ ।