धादिङमा निषेधाज्ञा जारी, हाेटल, बैकं तथा वित्तिय संस्था एक साताकाे लागि बन्द

  • 1.7K
  •  
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

धादिङ । जिल्लामा कोरोना संक्रमितको संख्या दिन दिनै बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय धादिङले भाद्र ३ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी  अस्मान तामाङको अध्यक्षतामा वसेको बैठकले कालुपाण्डे राजमार्गको फुर्के खोला देखि धादिङबेसी दायाँ बायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा आज राति १२ बजे देखि लागु हुने गरि भाद्र ३ गते सम्म निषेधाज्ञा जारी गरेको हो ।

बैठकले पृथ्वी राजमार्ग त्रिभुबन राजपथ छेउछाउका हाेटलहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेकाे छ भने वैकं तथा वित्तिय संस्थाहरू पनि एक साताकाे लागि बन्द गर्नुकाे साथै राजश्व कार्यलय गल्छी पनि बन्द गर्ने निर्णय गरेकाे छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमण रोग ऐन २०२० अनुरुप निशेधाज्ञf जारी गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *