धुनिवेशीमा २ सहित धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

  • 557
  •  
  •  
  •  
  •  
  •  
    557
    Shares

धादिङ जिल्लाकाे धुनिवेशी नगरपालिका वडा नम्वर ३ काे २ जनामा काेराेना सक्रंमण पुष्टि भएकाे छ ।

याे सगैं  आज धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ६ जना पुरुषहरुमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ का ७७ वर्षीय पुरुष, गल्छी गाउँपालिका वडा नं ४ का २६ वर्षीय पुरुष, धुनीबेसी नगरपालिका वडा नं ३ का २९ र ७८ वर्षीय पुरुष, ठेगाना नखुलेको ३३ र ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

संक्रमण देखिएकाहरुले काठमाडौँका विभिन्न अस्पतालमा परिक्षण गराइएका थियाे । योसंँगै धादिङमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ सय ६३ पुगेको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि जिल्लामा निशेधाज्ञा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *