राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

  • 243
  •  
  •  
  •  
  •  
  •  
    243
    Shares

२ भदौ, धादिङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

आज साँझ ५ बजेर ५५ मिनेटमा  निजि निवासमा उहाँकाे निधन भएको हाे।

घिमिरेकाे १०१ बर्षको उमेरमाकाठमाडौं कपुरधारास्थित निजी निवासमा निधन भएको हो । ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्छ। उहाँले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आउनुभएकाे थियाे ।

नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), उहाँले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उहाँका चर्चित लेखहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *