सरकार र डाक्टर केसीपक्ष थप वार्ताको आन्तरिक गृहकार्यमा

Share it with you friends

काठमाडाैं, २४  असोज ।   सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता निस्कर्षसविहीन भएपछि दुवैपक्ष आन्तरिक गृहकार्यमा लागेका छन् । शुक्रराती अबेरसम्म भएको वार्तामा सहमति हुन सकेन । सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकार पछि हटेपछि वार्ता भंग भएको केसीपक्षको वार्ता टोलीका सदस्यको आरोप छ ।

वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले आज आन्तरिक छलफल गरेर वार्ता गर्ने की आन्दोलनमा जाने भन्ने निर्णय हुने बताए । सरकार पक्षले भने आज थप गृहकार्य गरेर वार्ता गर्ने बताएको छ । सरकारी टोलीले आज फेरि केसी पक्षसँग वार्ता गर्ने बताएको छ । डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको छ ।
उनको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डाक्टर सुवासप्रसाद आचार्यले जानकारी दिए । उनको असामान्य धड्कन बढ्दै गएको छातीमा समस्या देखिएकाले उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डाक्टर केसी १९ औं पटक अनशनमा बसेको आज २७ दिन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *