मदनको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएपछि हरिवंशको यस्तो प्रतिक्रिया
काठमाडाैं, २३ असोज । महजोडीका हरिवंश आचार्य दम्पत्तिलाई मंगलबार कोरोना पोजेटिभ देखियो । सँगै काममा खटिएका मदनकृष्ण श्रेष्ठलाई उनले तत्काल फोन गरे ।
हरिवंशले फोन गरेर ‘दाई, रमिला र मेरो पिसिआर टेष्ट गराएको, रिपोर्टमा त दुबैजनालाई कोरोना पोजिटिभ पो देखायो त’ भन्दा म एकछिन त झसङ्ग भएँ किनभने दुई दिन बिहानदेखि बेलुकासम्म एउटा शुटिङ्गमा व्यस्त भएका थियौं। फेरी एउटै गाडी चढेका थियौं । त्यस माथि आफु पार्किन्सन, प्रेसर, प्रोस्टेटको चार पाँच थरी औसधी खाइराखेको मान्छे।
हुन त मलाई केहि हुँदैन भन्ने कुरामा ढुक्कै थिएँ तैपनि पनि क्या हो क्या हो , के भन्न सकिन्छ र।
“ह” लाई समाते पछि “म” लाई मात्र के बाकी राख्ला र , समात्यो होला बजियाले भन्या जस्तो गरि मेरो पालो चुपचाप घरैमा isolated भएर बसें।
आज बिहानै B&B hospital बाट Dr Niraj Baidhya ले PCR टेस्ट गर्न एकजना मान्छे पठाइदिनु भएको थियो ।
अहिले भर्खर B&B बाटै Dr. Reena Baidhya ले फोन गरेर “तपाइको PCR report negative आको छ है अङ्कल” भनेर खबर गरिन्।
Dr. Reena Baidhya लाई मैले धन्यबाद दिएं र तुरुन्तै हरीलाई फोन गरेर मेरो PCR report negative आएको कुरा सुनाएँ.
मेरो कुरा सुनेर हरीले भन्यो –
“ ओहो दाइ , खबर सुनेर मेरो त मनै हलुका भयो , मलाई आफ्नो भन्दा तपाइको बढी चिन्ता लागिरहेको थियो……”