बेलायतको कूल गार्हस्थ उत्पादन अगस्टमा पनि वृद्धि, अझै महामारीपूर्वको तहमा पुग्न सकेन

Share it with you friends

लण्डन, २३ असोज । बेलायतको कूल गार्हस्थ उत्पादनमा अगस्टसहित लगातार चौथो महिनामा वृद्धि देखिएको छ ।

घरेलु उत्पादन सुचकाङ्कमा वृद्धि देखिएको भएपनि अझै महामारीपूर्वको अवस्थामा भने आइनसकेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार जनाएको छ ।
तथ्याङक अनुसार बेलायतको कूल गार्हस्थ उत्पादन अगस्टमा २.१ प्रतिशतले बढेको तर यो जुलाईको ६.४, जुनको ९.१ र मेको २.७ प्रतिशतभन्दा कम रहेको छ । देशमा लकडाउनका उपायहरूलाई थप सहज बनाउँदै जाँदा कूल गार्हस्थ उत्पादनमा पनि वृद्धि भएको हो ।

‘जीडीपीमा निराशाजनक २.१ प्रतिशत वृद्धि (यो महिनाका लागि पूर्वानुमान गरिएको ४.६ प्रतिशत) भन्दा कम भएका कारण आर्थिक क्रियाकलापमा प्रारम्भिक वृद्धिको अनुमानभन्दा बाहिर गइरहेको छ भन्ने प्रमाण थप गर्दछ,’ लन्डनस्थित आर्थिक विश्लेषण फर्म क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री रुथ ग्रेगरीले भने ।

लगातार वृद्धि भए पनि, अगस्टमा उत्पादनको स्तर फेब्रअरी २०२० मा देखिएको स्तरको तुलना अर्थात् कोरोनाभाइरस महामारीको पूर्ण प्रभाव अघिभन्दा ९.२ प्रतिशत कम रहेको उक्त कार्यालयले जनाएको छ ।

फेब्रुअरीको कूल गार्हस्थ उत्पादनकोे तुलनामा अगस्टमा ।सेवाहरू, उत्पादन र निर्माण सबै क्षेत्रहरूमा व्यापक रूपमा गिरावट देखिएको छ । बेलायतमा महामारीपूर्वको तुलनामा सेवा, उत्पादन र निर्माणमा क्रमशः ९.६ प्रतिशत, ८.५ प्रतिशत र १०.८ प्रतिशतको गिरावट देखिएको छ ।

आउँदो महिनाहरूमा आर्थिक सम्भावनाको पूर्वानुमान गर्दै विश्लेषकहरू यसलाई बेलायतले सामना गर्नुपर्ने चुनौतीपूर्ण समस्या बताएका छन् । उनीहरूले महामारीको पुनः आगमनबीचमा अरु प्रतिबन्धहरू लाग्ने अनुमान गर्दै यसका कारण आर्थिक गतिविधि प्रभावित बन्ने बताएका छन् । सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *