२२ गते धार्केबजारमा रक्तदान कार्यक्रम हुने
0
दशै, तिहार तथा छठ पर्व २०७७ को पावन अवसरमा धादिङ जेसीजले धुनिबेशी नगरपालीका वडा नं. ६ को धार्केबजारमा रहेको तरकारी बजार भित्र मिति २०७७ कार्तिक २२ गते ११ बजे देखी २ बजे सम्म बृहत बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।
धादिङ जेसीजका अध्यक्ष प्रितम त्रिपाठीका अनुसार कोरोना भाईरस कोभिड १९ द्वारा श्रृजित हालको बिषम परिस्थीतीमा रगतको चरम अभाव भै बिरामीहरुको उपचारमा समस्या उत्पन्न भईरहेको बर्तमान परिस्थीतीलाई मध्यनजर गरी “मानवताको सेवा नै जिवनको सर्वौत्तम कार्य हो।” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै बिरामीको उपचारमा टेवा पुर्याउने उद्देश्यले धादिङ जेसीजले रक्तदानको कार्यक्रम गर्न लागिएको जानकारी गराउनु भयो।
साथै कार्यक्रमका संयोजक सरोज गजुरेलले कार्तिक २२ गते हुने कार्यक्रममा रक्तदान गरी समस्यामा परेका बिरामीहरुको उपचारमा योगदान गरिदिनु हुन सम्पुर्णमा अनुरोध गर्नु भएको छ।