थाक्रे ९ केवलपुरमा माउ खरायो वितरण कार्यक्रम सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भगवान भण्डारी, धार्के–

२४ पुष २०७७, शुक्रबार

धादिङको थाक्रे ९ केवलपुरमा आयआर्जन तथा पोषणका निम्ति खरायोपालन तथा प्राङगारिक तरकारी खेतीका लागी माउ खरायो वितरण कार्यक्रम सम्पन्न भएको छ । द हिमालयन ¥याबिट फार्म र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजना तथा थाक्रे गाउँपालिकाको समन्वय र रोटरी क्लव अफ त्रिपुरेश्वर तथा रोटरी क्लब अफ किङसभिलको सहयोगमा शुक्रबार आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाको प्राङगणमा कार्यक्रम सम्पन्न भएको हो ।

आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष प्रमिला पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाक्रे गाउपालिकाका प्रमुख रामकुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने गाउपालिका उपप्रमुख अम्बिका रुपाखेतीको विशेष आतिथ्यता र रोटरी डिस्ट्रिक गभर्नर राजिव पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियो ।

खरायो अभिमुखिकरण तालिम लिएर खोर निर्माण गरेका २८ घरधुरीलाई ४/४ ओटाका दरले माउ खरायो वितरण गरिएको छ ।
रोटरी डिस्ट्रिक गभर्नर राजिव पोखरेलले खरायो पालनको अवधारणा र सम्भावनाको बारेमा प्रष्ट्याउदै जनावरहरु मध्येमा पनि खरायोको मासु उत्कृष्ट हुने र विभिन्न प्रकारका दिर्घकालिन रोगीहरुले समेत खरायोको मासु सेवन गर्न सकिने बताउनुभयो ।

त्यसैगरी थाक्रे गाउपालिकाका प्रमुख रामकुमार आचार्यले बिगतमा उखु र अदुवाको नामले चिनिने केवलपुरलाई अब खरायोको मासुले समेत परिचित गराउने गरी कृषकहरुलाई व्यावशायिक रुपमै खरायो पालन गर्न आग्रह गर्नुभयो । खरायो बिक्रि गर्नका लागी बजारको कुनै समस्या नभएको र राजमार्ग आसपासका होटलहरुमा समेत यसको मासु पुर्याइ पर्यटकहरुलाई लोभ्याउन सकिने उहाँले बताउनुभयो । खरायो पालनका लागी गाउपालिकाले समेत भावी दिनहरुमा यससम्बन्धि तालिम प्रदान गरी कृषकहरुलाई अन्य आवश्यक सहयोग गर्ने कुरामा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा रोटरी डिस्ट्रिक एशिया गभर्नर राजेन्द« लम्साल, कमिटी चियर राजेन्द« शाक्य, पुर्वअध्यक्ष पञ्चकुमारी मानन्धर, थाक्रे गाउपालिकाका पशुशाखा प्रमुख सुरज कोइराला, थाक्रे गाउपालिका वडा नं. ९ का वडाअध्यक्ष दिल ब. भुजेल, १० का वडाअध्यक्ष गोकुल प्रसाद लामिछाने, रोटरी क्लव अफ त्रिपुरेश्वरका अध्यक्ष भुवन श्रेष्ठ, सचिव सुनिल शाक्य लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *