संसद पुनःस्थापना होइन, निर्वाचनमा जानु फलदायी हुन्छः साउद

Share it with you friends

कलैया, १५ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले संसद् पुनःस्थापना भए देशमा अझै अन्योल र जटिलता थपिने धारणा व्यक्त गरेका छन् ।

कांग्रेस बाराले कलैयास्थित पार्टी कार्यालयमा विहीबार आयोजना गरेको कार्यक्रममा साउदले कांग्रेसलाई संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी हुनेमा जोड दिए ।

लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको हुँदा चुनावबाट भागेर कहिले पनि नजाने बताउँदै चुनावको तयारीमा लाग्न उनले नेताहरुलाई आग्रह गरे ।

अहिले कांग्रेसमा सहमति, सहकार्य र एकताको खाँचो रहेको हुँदा विगतका सबै कमीकमजोरीलाई बिर्सेर एकजुट भई अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *