प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं, १५ माघ । त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । अब आर्मीले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ पुलिसलाई हराएर यस अघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल टियु मैदानमा शनिबार हुनेछ ।

आर्मीले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमती ४० ओभर २ बलमा अलआउट हुँदै १ सय ३५ रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुगेका टिमले ५०–५० हजार पाउने छन् । प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५–२५ हजार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *