कोरोनाका कारण विश्वमा एकैदिन १६ हजार ३५ जनाको ज्यान गयो

Share it with you friends

काठमाडौं, १६ मााघ । विश्वमा एकैदिन कोरोना संक्रमणबाट १६ हजार ३५ जनाको ज्यान गएको छ भने एकैदिन ५ लाख ८८ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटर्सले जनाएको छ ।

विश्वमा कोरोना संक्रमितको कुल संख्या १० करोड १९ लाख ९ हजार ९ सय ७९ पुगेको बताइएको छ । विश्वमा कोरोना संक्रमणबाट हालसम्म ज्यान जानेको संख्या २१ लाख ९८ हजार ९ सय ८० पुगेको वल्डोमिटर्सले जनाएको छ ।

त्यस्तै विश्वमा ७ करोड ३८ लाख ४१ हजार ३ सय ११ जना संक्रमित उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *