थाक्रे गाउँपालिकामा नमुना युवा गाउँसभा कार्यक्रम
धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा नमुना युवा गाउँसभा कार्यक्रम सुरु भएको छ । वडा स्तरमा सञ्चालन गरेको विभिन्न प्रतियोगितावाट छनौट भएका प्रतियोगी र गाउँपालिकाले छनौट गरेको प्रतियोगीहरुलाई युवा सांसद कार्यक्रममा छनौट गरिएको हो ।
आजदेखी सुरु भएको युवा संसद कार्यक्रममा ४ दिनसम्म युवा संसदहरु विभिन्न क्रियाकलापमा सहभागी हुनेछन । छनौट भएका ४२ जना युवाहरु विभिन्न अभ्यास र तालिममा सहभागी हुनेछन ।तालिम र अभ्यासको क्रममा सांसदले संसदमा गर्ने विभिन्न समितिको अभ्यास समेत गर्नेछन ।
एक कार्यक्रको विच युवा गाउँसभा कार्यक्रमको उदघाट्न गर्दे थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले युवा सांसद कार्यक्रमले पालिकाका युवाहरुलाई क्षमता वृद्धी र अवसरको राम्रो अवसर समेत रहेको जानकारी दिनुभयो ।
युवाहरुको हकहितको लागि गाउँपालिकाले विभन्न कामहरु गरिरहेको जानकारी गराउदै गाउँपालिकाको विकास निर्माणको अभियानमा सहभागी हुन समेत आग्रह गर्नुभयो ।
थाक्रे गाउँपालिकाको उपाध्यक्ष अम्विका रुपाखेतीले युवाहरुलाई एकजुट हुन आग्रह गर्दै विकास निर्माणको अभियानमा साझेदार बन्न आग्रह गर्नुभयो ।