धादिङ समाज जापानद्धारा धादिङका ६ वटा पालिकाहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्री वितरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१७ जेष्ठ २०७८, सोमबार ।

धादिङ समाज जापानले धादिङका ६ वटा पालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको छ । धादिङका १३ वटा स्थानिय तहमध्ये पहिलो चरणमा धुनिबेसी नगरपालिका, थाक्रे गाउपालिका, गंगाजमुना गाउपालिका, सिद्धलेक गाउपालिका, त्रिपुरासुन्दरी गाउपालिका र नेत्रावती डबजोङ गाउपालिकालाई सोमबार एक कार्यक्रमको आयोजना गरी करिव ९ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको हो ।

धादिङ समाज जापानले प्रदान गरेको स्वास्थ्य सामाग्रीमा प्रत्येक पालिकालाई अक्सिजन कन्सन्ट्रेटर २ वटा, नेवुलाइजर १० वटा, डिजिटल थर्मोमिटर १० वटा, अक्सिमिटर ५ वटा, एन ९५ माक्स १ सय पिस, हृयान्ड ग्लप्स २ सय पिस र थ्रि प्लाई माक्स ४ सय पिस रहेको छ ।

धादिङमा कोरोना संक्रमण दर बढेकाले जिल्लावासीलाई परेको समस्यामा केही मलम लगाउन विदेशबाट सहयोग जुटाएर स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरिएको धादिङ समाज जापानका संस्थापक अध्यक्ष तेज अर्यालले बताउनुभयो । बाँकि पालिकामा पनि स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिने र संस्थाले गरेको सहयोगलाई सहि तरिकाले सदुपयोग गर्न पनि अध्यक्ष तेज अर्यालले पालिकालाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *