मलेसियामा आजदेखि लकडाउन, दूतावास पनि अत्यावश्यक काममा लागि मात्र खुल्ने

Share it with you friends

१८ जेष्ठ २०७८, मंगलबार ।
मलेसियामा आजदेखि आवागमन निषेध आदेश लागू भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले फेरि देश व्यापी आवागमन निषेध आदेश (लकडाउन) जारी गरेको हो । आज अर्थात् जुन १ देखि दुई हप्ताका लागि मलेसिया सरकारले लकडाउन घोषणा गरेको हो । यो अवधिमा अत्यावश्यक बाहेक सम्पूर्ण सामाजिक र आर्थिक गतिविधि बन्द रहनेछ ।

मलेसिया सरकारले निषेधाज्ञा लागू गरेसँगै मलेसियामा रहेको नेपाली दूतावासले पनि अत्यावश्यक र कन्सुलर सेवाका लागि स्थानीय समय अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय खोल्ने जनाएको छ । यो अवधिभर सुरक्षित रही मलेसिया सरकारले जारी गरेको नियमको पालना गर्न दूतावासले अनुरोध गरेको छ । साथै, मलेसिया नेपाल हवाई उडान खोल्नसमेत दूतावासले सरकारसँग अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *