इजरायली राजदुत पर्वतमा, यसरी मनाए धान दिवस

श्रव्य सन्देश सहित
Share it with you friends

धादिङ, १५ असार ।

१८ औं राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि इजरायलका राजदूत हनान गोडर पर्वतको मोदी गाउँपालिका–७, राम्जा पुगेर धान दिवस मनाउनु भयो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा राजदुत गोडर पर्वत पुग्नुभएको हो ।

पर्वत पुगेर कृषि रेडियो संग कुरा  गर्दै इजरायली राजदुत गोडरले आफु धानको उत्पादन नै नहुने देशबाट अएकोले असार १५ को पर्व र धान रोपाइ अफुलाइ विषेश लागेको बताउनु भयो । स्थानीय संग गोरू जोत्दै धान रोप्दै धान दिवस  मनाउनु आफैमा आनन्दको विषय भएको राजदुत गाेडरको भनाइ छ ।

कृषिलाइ रहरको रूपमा भन्दा पनि व्यवसायको रूपमा अगाडी बढाउनु पर्ने आफ्नो विश्वास रहेको भन्दै राजदुत गोडरले नेपाल र इजरायल विचको लामो मित्रतामा कृषि पुलकाे रूपमा रहेको बताउनु भयो ।

इजरायले प्रत्येक वर्ष नेपाली युवायुवतीलाइ इजरायमा कृषि तालिमको अवसर प्रदान गरिरहेको र तालीमबाट फर्किएका प्रशीक्षार्थिहरूले सञ्चालन गरेको कृषि व्यवसाय वाट आफु अत्यन्तै खुसी र उत्साहि रहेको राजदुत गोडरले बताउनु भयो ।

नेपालमा राजदुतका रूपमा दोश्रो पटक आउनु भएका गोडर कृषिलाइ अत्यन्तै माया गर्ने कुटनितिज्ञका रूपमा परिचित हुनुहुन्छ ।

अडियाे सुन्न तलकाे लिङ्कमा थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *