सानिमा बैक, नौबिसे शाखाद्धारा २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान
धुनिबेशी, धादिङ
सानिमा बैंकले हरेक बर्ष काठमाण्डौ बाहिरका शाखाहरुले प्रदान गर्ने छात्रवृत्ति अन्तर्गत धादिङ जिल्लाको धुनिबेशी नगरपालिकामा रहेको नौबिसे शाखाले धुनिबेशी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयबाट यस बर्ष SEE परिक्षामा उतिर्ण विद्यार्थीहरुमध्येबाट आबेदन माग गरी आबेदन परेका मध्यबाट २ जना जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीहरुलाई यस बर्षको छात्रवृती प्रदान गरेको छ।
आज सानिमा बैंकको १७ औं बार्षिक उत्सवको उपलक्ष्यमा कार्यक्रम गरी उक्त छात्रवृत्ति प्रदान गरेको हो।
छात्रवृत्ति पाउनेमा धुनिबेशी ९ मा रहेको डिल्ली साबित्री मा. बि. बाट यस बर्ष SEE परिक्षामा उत्रिर्ण विद्यार्थी सृजन खत्री र धुनिबेशी ५ मा रहेको भुवनेश्वरी मा. बि. बाट यस बर्ष SEE परिक्षामा उत्रिर्ण विद्यार्थी रञ्जना रेग्मी रहेका छन्। छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुले कक्षा ११ र १२ को सम्पुर्ण फि र स्टेसनरीका सामाग्रीहरुका साथै मासिक रू २,००० का दरले प्रत्येक महिना खाजा खर्च पाउने छन्।