चण्डीदेवी आधारभुत विद्यालयका छात्रछात्राहरुका लागी न्यानो कपडा वितरण
धार्के– धादिङ,
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ थली दोभानमा रहेको चण्डीदेवी आधारभुत विद्यालयका छात्रछात्राहरुका लागी न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत १६६ जना विद्यार्थीहरुका लागी न्यानो कपडा अन्तर्गत ट्रयाक सुट वितरण गरिएको हो ।
धुनिवेशी नगरपालिका वडा नम्बर ७ का स्थानीय समाजसेवी सिंह बहादुर तामाङ (स्याङ्तान काईला) र वडा नम्बर ८ का स्थानीय समाजसेवी भरत कुमार कार्की तथा उहाँका छोरा त्रिलोक कार्कीद्धारा उक्त परिमाणको कपडा वितरण गरिएको विद्यालयले जनाएको छ ।