भुमेस्थान साना किसान कृषि सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न
भुमेस्थान साना किसान कृषि सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता तथा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको साधारण सभामा विभिन्न प्रतिवेदनहरु प्रस्तुत भएका छन् ।
अध्यक्ष थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने लेखा समितीको तर्फबाट लेखा समिती संयोजक केदार पौडेलले लेखा समितीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । यस्तै कार्यक्रममा संस्था प्रवन्धकको तर्फबाट नानु थापाले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । वार्षिक साधारण सभासँगै संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । संस्थाले आ.ब २०७७÷७८ मा अघिल्लो आ. ब को भन्दा ४३ लाख ५९ हजार रुपैँयाले नाफामा वृद्धि गरेको छ ।
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती, बाग्मती प्रादेशिक कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठक, जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रामचन्द्र आचार्य लगायत विभिन्न सहकारी संस्थाका प्रमुख एवम् प्रतिनिधी, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।