आमा

कबिता
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कयौ तिम्रो वाधा र व्यवधान पनि होलान
जन्मेकोलाई नपढाए भार मात्र भन्लान ।
खेत र बारीमा दिनभर काम गर
उब्जाउ धान र कोदो , खुवाउ पेटभरी ।

दुधको भार अमुल्य छ जीवन पनि ठुलो छ
मेहनत गर र हुर्काउ यसैमा भलो छ ।
आफ्नो कोखको भारलाई गरुङ्गगो नठान
वनको चरीले जस्तै सेकेर हुर्काउ ।

नाङ्गगो शरीरलाई लाज बाट बचाउ
पसिना र मेहनतले कमाएर हुर्काउ ।
घाँस र दाउरो काटेर हिडि फुर्सत तिमिलाई भएन
आफ्नो सन्ततिलाई लालन पालन नगरी पनि त भएन ।

आँसु र थकाई सिवाय तिमिलाई फुर्सद भएन ।
अाँखा देखाउ दिपज्योति बालि
शिक्षा दिक्षा देउ राम्ररी पालि ।
हुर्काउन र बढाउन दख छ तिमिलाई
कर्मको फल एक दिन अवस्य मिल्ने छ तिमिलाई ।

न झरी न बादल ,खोला र खहरे
न धुप न ठाउँ तिमिलाई दुख छ रे ।
मेहनत र परिश्रम गरे मात्र हुन्छ रे फल राम्रो रे
विचंलित नभई अगाडि बढ भविष्य उज्यालो हुन्छ रे ।

उकाली र ओरालिले तिमिलाई कहिले छाडेन
माउरी र कमिला जस्तै मेहनत नगरी भएन ।
समय धेरै लाग्छ मलाई हुर्काई
समाजको अगाडि ठुलो बनाएर हिडाउन ।
आमा तिम्रो काम जन्माउने मात्र होईन
जन्मेकालाई हुर्काउने जिम्मा पनि हो ।

सुस्मिता भण्डारी
उद्यमविकास सहजकर्ता
चन्द्रागिरि नगरपालिका काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *