धुनिबेशीका कृषकका लागि खुसीकाे खबर

Share it with you friends
धादिङ जिल्लाको धुनिबेशी नगपालिकामा रहेकाे  उदय कृषि बहुउद्देश्यीय सहकारि संस्थाले कृषकहरूका लागि तरकारी क्षेत्र बिस्तार कार्यक्रम अन्तर्गत  बिभिन्न शिर्षकमा अनुदान उपलव्ध गराउने भएकाे छ ।
सहकारीकाे मिति २०७८/९/२५ गते बसेकाे संचालक समितिकाे बैठक काे निणर्य अनुसार धुनिबेसि नगरपालिका भित्र तरकारि खेति गर्ने कृषकहरूका लागि तरकारिकाे बिउ, जसमा करेला, काक्रा, घिराैला, गोलभेडाका साथै अन्य कृषि सामग्री जस्तै सुतलि डाेरि ,बिषादी , माेहनिपासाे लगायत सामाग्रीहरू ५०% अनुदानमा बितरण गरिने भएकाे छ  ।
अनुदान लिन इच्छुक कृषकहरूले मिति २०७८/९/३० गते सम्म लालपुर्जा /नागरिकताकाे फाेटाेकपि र माग गनर्चा चाहेकाे सामग्री खुलाइ निबेदन दिन सकिने सहकारीले जनाएकाे छ । अनुदान सम्वन्धि थप बुझ्न चाहेका सहकारीका अध्यक्ष बासुदेव बास्काेटाकाे फाेन नं  ९८५११२४२१० मा सम्पर्क गर्न सहकारीले अनुराेध गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *